मेसीले आज सम्बोधन गर्ने

बिहीबार मात्र बार्सिलोना छाडेका सुपर स्टार लियोन मेसीले आइतबार बार्सिलोनाका सहकर्मी, क्लब पदाधिकारीहरु र फ्यानलाई सम्बोधन गर्ने भएका छन्। २१ वर्षपछि क्बल छाडेका मेसीले आइतबार सम्बोधन गर्ने बार्साले जनाएको छ।

मेसीले आइतबार दिउँसो ३ः४५ बजे सम्बोधन गर्ने बार्सिलोनाले जनाएको छ। सम्बोधनका क्रममा मेसीले क्लबसँगको सहकार्य र बिदाइबारे पनि बोल्ने बताइएको छ।

मेसीले बार्सिलोना छाडे लगत्तै उनलाई भित्र्याउन फ्रेन्च क्लब पिएसजी अग्रसर भएको छ। उसले मेसी सक्षम वार्षिक ३५ मिलियन युरोको प्रस्ताव गर्ने तयारी गरेको छ।

Facebook Comments Box