टोनी क्रुसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

विश्वकप विजेता जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलका सन्न्यासको घोषणा गरेकाछन् । जारी युरोकपमा जर्मनी अन्तिम १६बाटै बाहिरिएपछि ३१ वर्षीय मिडिफिल्डर क्रसले सन्यासको घोषणा गरेका हुन्।

जर्मनी अन्तिम १६मा इंग्ल्यान्डसँग २–०ले पराजित भएको थियो। क्रुसले क्लब फुटबलमा केन्द्रित हुन १३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याउने घोषणा गरेको बताएका छन्।

सन् २०१०मा राष्ट्रिय टिममा डेब्यू गरेका क्रुसले त्यसयता १०६ खेल खेल्दै १७ गोल गरेका छन् । सन् २०१४मा ब्राजिलमा जर्मनीलाई विश्वकप उपाधि दिलाउन क्रुसको भूमिका महत्वपूर्ण थियो।

क्रुस स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्छन् । उनले रियलबाट निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

Facebook Comments Box