पोचेटिनो भन्छन्– पिएसजीको जर्सीमा मेसीलाई हेर्न केही समय पर्खनुस्

यसैसाता फ्रेन्च क्लब पिसजीमा आबद्ध भएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीको लिग वान डेब्यू केही पर सर्ने भएको छ। शनिबार पिएसजीले लिग वानको दोस्रो खेलमा स्ट्रासवर्गविरुद्ध खेल्दै छ, तर, सो खेलमा सुपस्टार मेसी हुने छैनन्।

स्ट्रासवर्गविरुद्धको खेलअघि भएको प्रिम्यान कन्फ्रेन्समा बोल्दै पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले मेसीलाई मैदान उतार्न हतार नगर्ने बताउँदै स्ट्रासवर्गविरुद्ध मेसीले नखेल्ने बताए। ‘मेसीलाई मैदानमा उतार्न हामीलाई कुनै हातार छैन,’ पोचेटिनोले भने, ‘पिएसजीको जर्सीमा मेसीलाई हेर्न केही समय पर्खनुस्।’

गत बिहीबारमात्र पिएसीसँग आबद्ध भएका मेसीले भर्खर २ दिन मात्र ट्रेनिङ गरेको उल्लेख गर्दै पोचेटिनोले मेसीलाई मैदान उताए हतार नगर्ने बाएका हुन् । जुलाई ११मा भएको कोपा अमेरिका फाइनलपछि मेसीले शुक्रबार मात्र मैदान फर्किएका थिए।

‘एक महिना लामो बिदापछि उनले २ दिनमा मात्र ट्रेनिङ गरेका छन्, हामी स्पेट बाइ स्पेट अगाडि बढ्छौं । उनले जहिले फिट हुन्छन् र कम्र्फटेबल फिल गर्छन् त्यहीवेल उनले टिममा डेब्यू गर्छन्,’ मेसीको डेब्यूका विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै पोचेटिनोले भने।

‘अरु प्रशिक्षकहरू जस्तै म पनि आफ्नो टिममा उत्कृष्ट खेलाडी हुन् भन्ने चाहन्छु,’ पोचेटिनोले भने, ‘सबैलाई थाहा छ, मेसी विश्वकै उत्कृष्ट मध्ये एक हुन्।’

मेसीको आगमनसँगै पिसजीको स्ट्राइकिङ लाइन विश्वकै उत्कृष्ट र खतरानक भएको छ। जसमा मेसीसँगै उनकै पूर्वसहकर्मी नेमार र एम्बाप्पे हुनेछन्।

३४ वर्षीय मेसी २१ वर्ष लामो बार्सिलोना बसाई टुंग्याउँदै फ्रिट्रान्सफरमा पिएसजी आएका हुन्। ला लिगाको वित्तिकय नियमका कारण बार्सिलोनासँग सम्झौता नवीकरण हुन सकेपछि मेसी पिएसजी आएका हुन्। उनले वार्षिक ३५ मिलियन पाण्डमा पिएसजीसँग २ वर्षको सम्झौता गरेका छन्।

Facebook Comments Box