बेन्जिमा अन्तिम समयमा गोल गर्दा मड्रिड डर्बी बराबरीमा

घाइते भएर फर्किएकै खेलमा फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले गोल गरेपछि रियल मड्रिड ‘मड्रिड डर्बी’मा हारबाट जोगिएको छ। वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको मड्रिड डर्बी १–१ गोलको बराबरीमा सकिएको हो।

घरेलु मैदानमा लुइस सुआरेजले मार्कुस लरेन्टेको पासमा १५औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । एट्लेटिको जिततर्फ अग्रसर भइरहेको बेला ८८औं मिनेटमा बेन्जिमाले कासेमिरोको पासमा गोल गर्दै रियलको हार टारे ।

खेलमा रियलका गोलकिपर थिबाउट कोर्तवा र एट्लेटिकोका गोलकिपर जोआन ओब्लाकले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलमा एट्लेटिको पहिलो हाफमा दाबब बनाएको थियो भने दोस्रोमा रियल हाबी भएको थियो। रियलले ६१ प्रतिशत बल पोजेसन बनाउँदै एट्लेटिकोको पोस्टमा १८ सट प्रहार गरेको थियो, जसमध्ये ८ सट फ्रेमा थियो । यता, एट्लेटिकोले ११ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो।

बराबरीपछि २५ खेलबाट लिग लिडर एट्लेटिकोको ५९ अंक छ । जुन दोस्रो स्थानको बार्सिलोनाभन्दा ३ अंकले बढी हो । यद्यपि एट्लेटिकोले एक खेल कम खेलेको छ । बार्सिलोना २६ खेलबाट ५६ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट ५४ अंकसहित रियल तेस्रो स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.