केनले दुई गोल गरेको खेलमा एभर्टनसँग रोकियो टोटनह्याम

स्ट्राइकर ह्यारी केनले दुई गोल गरेको खेलमा टोटनह्याम एभर्टनसँग बराबरीमा रोकिएको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा टोटनह्याम एभर्टनसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

खेलमा टोटनह्यामका ह्यारी केनले गोल गरे भने एभर्टनका गिल्फी सिगुर्सनले गोल गरेका थिए । एभर्टनको मैदानमा केनले २७औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। ३१औं मिनेटमा सिगुर्सनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई खेलमा फर्काए।

पहिलो हाफ १–१ गोलको बराबरीमै सकियो । ६२औं मिनेटमा सिगुर्सनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए । तर, खेलको ६८ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउँदै टिमलाई हारबाट जोगाए ।

एभर्टनविरुद्ध दुई गोल गरेका केनले चोट समेत बोक्न पुगे । चोटका कारण केन खेलको ९० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

यस बराबरीसँगै ३१ खेलमा ४९ अंक जोडेको एभर्टन आठौं स्थानमा छ भने टोटनह्याम ३२ खेलमा ५० अंक जोडेर सातौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.