युवा मिडफिल्डर सार टोटनहममा, टोटनहमका सिसेको वाटफोर्डमा

इंग्लिस क्लब टोटनहमले सेनेगलका युवा मिडफिल्डर पापे माटर सारलाई अनुबन्धन गरेको छ । १८ वर्षीय मिडफिल्डर सारलाइृ टोटनहमले १५ मिलियन युरोमा फ्रेन्च क्लब मेट्जबाट अनुबन्धन गरेको हो।

सारले टोटनहमसँग ६ वर्षको सम्झौता गरेका छन् । तर, यो सिजन उनले लोनमा मेट्जबाटै खेल्ने छन्। यसै वर्ष सेनेगालको टिममा पनि डेब्यू गरेका सारले मेट्जबाट २८ खेल खेल्दै ४ गोल गरेका छन्।

यता, टोटनहमा फ्रेन्च मिडफिल्डर मौसा सिसेको भने वाट्फोर्डमा आबद्ध भएका छन् । ३२ वर्षीय सिकेको ५ मिलियन युरोमा वाटे्फोर्ड गएका हुन्। उनले वाटफोर्डसँग २ वा.गर्षको सम्झौता गरको छन्।

सिसेको सन् २०१६मा न्युकासल युनाइटेडबाट टोटेनहम आएका थिए। टोटेनहममा ५ सिजन बिताउँदा उनले २०२ खेल खेल्दै ५ गोल गरेका छन्।

Facebook Comments Box