सनको गोलमा टोटनहमले आर्सनललाई हरायो

दुई इंग्लिस क्लबबीचको मैत्रीपूर्ण खेलमा टोटनहम विजयी भएको छ। आइतबार राति टोटनहम हट्सपर स्टेडिममा भएको खेलमा कोरियन विंगर सन ह्युङ मिनको निर्णायक गोल मद्दतमा टोटनहमले आर्सनलाई १–०ले हरायो।

सिजन सुरु हुनुअघि खेलेको अन्तिम मैत्रीपूर्ण खेल निकै प्रतिस्पर्धात्मक थियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७० औं मिनेटमा सनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए । उनले झापट टागङ्््््गाको पासमा गोल गरेका थिए।

यसैगरी अर्कौ इंग्लिस क्लब लिभरपुल बराबरीमा रोकिएको छ । आइतबार राति नै भएको खेलमा लिभरपुुल स्पेनिस क्लब एट्लेटिको बिल्बाओसाग १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलमा १३औं मिनेटमा डियगो जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । बेरेन्गुयर रोमोरोले ५३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि कुनै गोल नुहँदा खेल बराबरीमा सकिएको थियो।

१४ अगस्तबाट सुरु हुने इपिएलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीसँग खेल्दै टोटनहमले लिगको सुरुआत गर्ने छ भने लिभरपुलले सोही दिन नर्विच सिटीसँग खेल्ने छ।

Facebook Comments Box