बेल गोल गर्दा टोटनह्याम विजयी

यसै सिजन लोनमा टोटनह्याम आएका ग्यारेथ बेलले निर्णायक गोल गरेपछि टोटनह्याम विजयी भएको छ । आइतबार राति भएको खेलमा बेलले गोल गरेपछि टोटनह्यामले ब्राइटनलाई २–१ले हरायो ।

टोटनह्यामको जितमा ह्यारी केन र बेलले गोल गरे भने ब्राइटनका तारिक लाम्पार्टीले गोल गरेका थिए । १३औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटह्यामलाई अग्रता दिलाए । एडम लालनाले डिबक्सभित्र केनलाई फल गरेपछि टोटेनहमले पेनाल्टीको अवसर पाएको थियो ।

५६औं मिनेटमा लाम्पार्टीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बेलले ७३औं मिनेटमा हेडमार्फत गोल गर्दै टोटेनहमलाई जित दिलाएका हुन् । उनले टोटेनहमका लागि सन् २०१३ को मे पछि पहिलो गोल गरेका हुन् ।

जित निकाल्दै टोट्नह्याम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ७ खेलबाट १४ अंक जोडेको छ । ब्राइटन ५ अंक सहित तालिकाको १६ औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.