साउथह्याम्पटनसँग घरमै हार्‍यो टोटनहम

Read Time:1 Minute

इंग्लिस प्रिमियरमा टोटनम घरेलु मैदानमै पराजित भएको छ। बुधबार राति भएको खेलमा टोटनहम घरेलु मैदानमा साउथह्याम्पटनसँग ३–२ले पराजित भयो ।

टोटनहम दुई पटक लिएको अग्रता जोगाउन नसक्दा पराजित भएको हो। खेलमा १८औं मै टोटनहमले अग्रता लियो । साउथह्याम्पटनका जान बेडनारेकले आत्मघाती गोल टोटनहमले अग्रता लियो।

तर, २३ औं मिनेटमा साउथह्याम्पटनका अर्मान्डो ब्रोजाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। पहिलो हाफ बराबरीमै सकियो।

७० औं मिनेटमा सन ह्युङ मिनले गोल गरेपछि खेलमा टोटनहमले पुनः अग्रता लियो। ७९औं मिनेटमा मोहमद इयोनोउसीले गोल गरेपछि साउथह्याम्पटनले खेललाई २–२ को अवस्थामा ल्यायो।

लगत्तै ८२ औं मिनेटमा चे एडम्सले गोल गरेपछि साउथह्याम्पटनले ३–२को अग्रता लियो। तर, त्यसपछि कुने गोल नहुँदा टोटनहम घरेलु मैदानमै स्तब्ध भयो।

जितपछि साउथह्याम्पटनले २८ अंक जोड्दै दशौं स्थानमा छ भने टोटेनहम २१ खेलमा ३६ अंक जोडेर सातौं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post शीर्ष स्थानमा सिटीलाई १२ अंकको अग्रता
Next post एएफसी कप छनोटमा मछिन्द्रले श्रीलंकन टिमसँग दशरथ रंगशालामा खेल्ने
Close