टोटनहमले बार्सिलोनाबाट भित्र्यायो ब्राजिलियन डिफेन्डर

इंग्लिस क्लब टोटनहमले ब्राजिलियन डिफेन्डर इमर्सन रोयललाई अनुबन्धन गरेको छ। समर ट्रान्सफर विन्डो सकिन २४ घण्टा मात्र बाँकी रहँदा टोटनहमले २२ वर्षीय डिफेन्डरलाई बार्सिलोनाबाट अनुबन्धन गरेको हो।

इमर्सन भित्र्याउन टोटनहमले ३० मिलियन युरो खर्चियो। इमर्सनको ट्रान्सफारको औपचारिक घोषणा भने हुन बाँकी छ।
राइट ब्याकका रुपमा टिममा स्थान बनाउन टोटनहममा इमर्सनले म्याक डोहर्टी र झापड ट्यागेङ्गासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

बार्सिलोनाले इमर्सनलाई सन् २०१९मा ब्राजिलियन क्लब एट्लेटिको मिनेइरोबाट १२.७ मिलियन युरोमा किनेको थियो। सोही सिजन बार्सिलानोले ट्रान्सफर फी आधा तिर्ने शर्तमा इमर्सनलाई २ वर्षका लागि लोनमा पठाएको थियो । २ वर्षपछि इमर्सन बार्सिलोना फिर्ता लान चाहे ६ मिलियन बेटिसलाई तिर्नुपर्ने थियो।

बेटिसमा इमर्सनले उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले गत जुनमा बेटिसलाइ ९ मिलियन तिर्दै इमिर्सनलाई अनुबन्धन गरेको थियो। उनले ला लिगाका तीन वटै खेल बार्सिलोनाबाट खेलेका थिए।

आर्थिक संकटमा रहेको बार्सिलोनाले स्ट्राइकर अनुबन्धन गर्न इमर्सनलाई बचेको उल्लेख गरेको छ। इमर्सनले ब्राजिलको सिनियर टिमबाट पनि खेलिसकेका छन्। उनले सन् २०१९ डेब्यू गर्दै ४ खेल खेलेका छन्।

Facebook Comments Box