युरोपा लिग : आर्सनल अन्तिम ८मा, टोटनह्याम बाहिरियो

इंग्लिस क्लब आर्सनल युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गर्दा अर्को इंग्लिस क्लब टोटनह्याम भने अन्तिम १६बाटै बाहिरिएको छ। बिहीबार राति भएको अन्तिम १६को दोस्रो लेगमा पराजित भएपनि आर्सनल अन्तिम ८मा पुग्दा टोटनह्याम भने नमीठो पराजय बेहोर्न बाध्यहुँदै बाहिरियो।

बिहीबार राति भएको खेलमा आर्सनल ओलम्पियाकोससँग १–०ले पराजित भयो भने टोटनह्याम डाइनामो जाग्रेबसँग ३–०ले पराजित भयो । समग्रमा आर्सनले ३–२ले विजयी भयो भने टोटनह्याम ३–२ले नै पराजित भयो। पहिलो लेग आर्सनले ३–१ले जितेको थियो भने टोटनह्याम २–०ले विजयी भएको थियो।

आर्सनलको मैदानमा १० खेलाडीमा सिमित ओलम्पियाकोसलाई जित दिलाउन युसुफ एल अरबीले निर्णायक गोल गरे । अरबीले ५१औं मिनेटमा गोल गरेका थिए । तर, उक्त गोल ओलम्पियाकोसलाई क्वाटरफाइनल पुर्याउन पर्याप्त भएन । ८२औं मिनेटमा ओउसेनु बाले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि ओलम्पियाकोस १० खेलाडीमा समेटिएको थियो।

पहिलो लेग २–० ले जितेको टोटनहम दोस्रो लेगमा क्रोएसियाको डाइनामो जाग्रेबसँग ३–० ले पराजित भएपछि अन्तिम १६बाटै बाहिरिएको हो। दोस्रो लेगमा जाग्रेबले उत्कृष्ट पुनरागमन गर्दै क्वाटरलाईनल यात्रा तय गरेको हो।

घरेलु मैदानमा जाग्रेबलाई जित दिलाउन मिस्लाभ ओर्सिचले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ओर्सिचले ह्याट्रिक गर्दै टोटनह्यामलाई स्तब्ध बनाए ।

ओर्सिचले ६२औं, ८३औैं मिनेटमा गोल गरेपछि निर्धारित समयको खेल २–० गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलमा ३० मिनेटको समय थप गरिएको थियो । थप गरिरएको समयको १६औं मिनेटमा ओर्सिचले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई अन्तिम ८मा पनि पुर्‍याए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.