नुनो बने टोटह्यामका प्रशिक्षक

पोर्चुगिज प्रशिक्षक नुनो स्पिरिटो सान्तो लन्डन क्लब टोटनह्यामका मुख्य प्रशिक्षक बनेका छन्। टोटनह्यामले नुनोसँग २ वर्षको सम्झौता गरेको छ।

नुनोले सिजनको अन्त्यसँगै वुल्भ्सको प्रशिक्षक छाडेका थिए । वुल्भ्सलाई दोस्रो डिभिजनबाट बढुवा गराएर प्रिमियर लिगमा टिकाउन उनको भूमिका महत्वपूर्ण थियो।

गत सिजनको अन्त्यतिर जोसे माउरिन्हो बर्खास्तीमा परेपछि टोटनह्याम प्रशिक्षकबिहीन थियो । त्यसबीच पूर्व खेलाडी रायन मासनले अन्तरिम प्रशिक्षकका रुपमा काम गरेका थिए।

टोटनहमको प्रशिक्षक बनेपछि नुनोले यो आफ्नो लागि सम्मान भएको बताए । ‘टोटेनहमसँग जोडिनु एकदमै खुशी र सम्मान हो । म खुशी छु र टोटनहममा काम गर्न तयार छु,’ सम्झौतापछि नुनोले भनेका छन्।

Facebook Comments Box