एभर्टनमाथि टोटनहमको सानदार जित

Read Time:1 Minute

इंग्लिस प्रिमियर लिगमा टोटेनहमले सानदार जित निकालेको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा टोटेनहमले एभर्टनलाई ५–० गोल अन्तरले हराएको हो।

टोटेनहमको जितमा ह्यारी केनले दुई तथा सन हयुङमिन र रेगुइलोनले एक–एक गोल गरे गर्दा एक गोल भने उपहार पाएको थियो। टोटेनहमले उपहार गोलबाट अग्रता लिएको थियो। एभर्टनका डिफेन्डर माइकल केनले खेलको १४औं मिनेटमा गरेको आत्मघाती गोलमा घरेलु टोलीलेअग्रता बनाएको थियो।

त्यसपछि खेलको १७ औं मिनेटमा सेन हेङ–मिनले गोल गर्दै अग्रता दोब्बर पारे। खेलको ३७ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई पहिलो हाफमा ३–० को अग्रतामा पुर्‍याए।

खेलको ४६औं मिनेटमा रिगुइलोनले गोल गर्दै घरेलु टोलीको अग्रता ४–० मा पुर्‍याए। त्यसपछि खेलको ५५ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ५–० मा पुर्‍याए। त्यसपछि खेलमा गोल भएन र खेल टोटनह्यमले ५–० ले जित्यो।

जितसँगै २६ खेलबाट ४५ अंक जोडेको टोटनहम सातौं स्थानमा यथावत् छ। रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको एभर्टन २५ खेलबाट २२ अंकसहित १७ औं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एपिएफलाई हराउँदै सातदोबाटो झापा गोल्डकपको सेमिफाइनलमा
Next post श्रीलंका नेपाली क्रिकेट टिमको लगातार दोस्रो जित, चम्किए पवन सर्राफ
Close