रोमाञ्चक खेलमा टोटनहमसँग हार्‍यो सिटी

Read Time:1 Minute

इंग्लिस प्रिमियर लिगमा लिग लिडर म्यानचेस्टर सिटी पराजित भएको छ। शनिबार राति घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा सिटी टोटनहमसँग ३–२ले पराजित भयो।

खेलमा टोटनहमका लागि ह्यारी केनले २ तथा र डेजन कुलुसेस्कीले १ गोल गरे भने सिटीका इल्के गुन्डोगान र रियाद महारेजले गोल गरे ।

खेलमा अग्रता टोटनहमले लियो । उसका कुलुसेस्कीले केनको पासलाई सदुपयोग गर्दै चौथो मिनेटमै गोल गरे। खेलको ३३ औं मिनेटमा गुन्डोगानले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

दोस्रो हाफको सुरुआतमै टोटनहमले फेरि अग्रता लिाये । ५९औं मिनेटमा ह्यारी केनले गोल गरेका थिए । उनले सन ह्युङ मिनको पासलाई सदुपयोग गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयको थप दुई गोल भए । इन्जुरी समयको दोस्रो मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्र्दै सिटीलाई २–२ को बराबरीमा ल्याएका थिए। तर, इन्जुरी समयको अन्तिममा केन गोल गर्दै टोटनहमलाई ३–२ को जित दिलाए।

जितसँगै २३ खेलबाट ३९ अंक जोडेको टोटेनहम सातौं स्थानमा रहेको छ भने पराजित सिटीको २५ खेलबाट ६३ अंक छ। यो हारले सिटीलाई उपाधि यात्रामा केही दबाब परेको छ। अब सिटीले शीर्ष स्थानमा एक खेल कम खेलेको लिभरपुलमाथि मात्र ६ अंकको मात्र अग्रता बनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सुजलको गोलमा थ्री स्टारमाथि मछिन्द्रको जित
Next post भिनिसियस र बेन्जिमाका गोलमा रियल विजयी, एट्लेटिको पनि विजयी
Close