टोटनहमद्वारा वाटफोर्ड पराजित

इंग्लिस प्रिमियर लिग (इपिएल) को तेस्रो गेमविकको खेलमा टोटनहम हटस्पर्सले वाटफोर्डलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा स्पर्सले १–० को जित निकालेको हो।

स्पर्सका लागि एकमात्र गोल सङ ह्युङ–मिङले ४२औं मिनेटमा गरेका थिए। लेफ्ट विङबाट सङले ६ यार्ड बक्समा प्रहार गरेको फ्रिकिकले वाटफोर्डका डिफेन्डरलाई छलेपछि गोल भएको थियो। वाटफोर्डका गोलकिपरले उनको फ्रिकिक सही अन्दाज गरेपनि ढिलो प्रतिक्रिया जनाउँदा गोल बचाउन भने सकेनन्।

खेलमा ५८ प्रतिशत बल पोजेसन राख्दै १५ सट प्रहार गरेको टोटनहमका ८ सट टार्गेटमा गएका थिए। वाटफोर्डले भने ९ सटमात्र प्रहार गर्न सकेको थियो जसमध्ये २ सटमात्र टार्गेटमा थिए।

यससँगै तीन खेलमा तीनवटै जित निकाल्न सफल टोटनहम स्पष्ट ९ अंकका साथ लिगगको शीर्षस्थानमा पुगेको छ। तीन खेलमा दुई हार र एक जितको नतिजा निकालेको वाटफोर्ड भने ३ अंकसहित १२औं स्थानमा सिमित भएको छ।

Facebook Comments Box