लेस्टर च्याम्पियन्स लिगमा छानिएन, जितपछि पनि टोटनह्याम युरोपाबाट बञ्चित

टोटनह्यामसँग ४–२ले पराजित भएपछि लेस्टरको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने समना अधुरै रह्यो । आइतबार राति घरेलु मैदान २ पटक लिएको अग्रता जोगउन असफल भएपछि लेस्टर चेल्सीसँग गोलअन्तरमा पछि पर्दै च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको हो।

यता जितका बाबजुद पनि टोनटह्याम युरोपा लिगमा छनोट हुन असफल भयो। ६२ अंकका साथ उ सातौं स्थानमा रह्यो । प्रिमियर लिगबाट लेस्टर सिटी र वेस्टह्याम युरोपा लिगका लागि छनोट भए।

टोटनह्यामको जितमा गेराथ बेलले २ गोल गरे भने ह्यारी केनले एक गोल गरे अर्को गोल आत्मघाती भएको थिए । लेस्टरका दुवै गोल जेमी भार्डीले गरे ।

भार्डीले १८औं गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाए । उनले पेनाल्टीमा गोल गरेका थिए । ४१औं मिनेटमा ह्यारी केनले भली गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो हाफ १–१को बराबरीमा सकियो।

दोस्रो हाफको सुरुवातमै लेस्टरले पुनः अग्रता लियो । ५२औं मिनेटमा भार्डीले पुनः पेनाल्टीमै गोल गर्दै लेस्टरलाई २–१को अग्रता दिलाए ।

त्यसपछि लेस्टरका कप्तान गोलकिपर कास्पर स्माइकलले कर्नरमा आएको बल रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि खेल २–२को बराबरीमा आयो।

त्यसपछि सफ्टीच्यूट खेलाडीका रुपमा मैदान आएका बेलले ८७ र इन्जुरी समयको छैठौं मिनेटमा गोल गल गर्दै टोटनह्यामलाई ५–२को जित दिलाए । र, लेस्टरको च्याम्पियन्स लिग खेल्ने सपमना चकनाचुर बनाए । बराबरीले मात्र पनि लेस्टर च्याम्पियन्स लिगमा पुग्ने थियो।

यस्तै अन्य खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भ्सलाई २–१ले हरायो भने वेस्टह्यामले साउथह्याम्पटनलाई ३–०ले हरायो । लिड्स युनाइटेडले वेस्टब्रमुलाई ३–०ले, आर्सनलले ब्राइनटलाई २–०ले र न्यकासलले फुलहमलाई २–०ले हरायो।

Facebook Comments Box