नेपाली मुलकी अमिस्ता आले टोटनहममा आबद्ध

बेलायतमा बस्दै आएकी नेपाली मुलकी युवा फुटबल अस्मिता आले प्रिमियर लिगको चर्चित क्लब टोटनहममा आबद्ध भएकी छिन्। १९ वर्षीय डिफेन्डिर अस्मितालाई टोटनहमले अर्को प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट अनुबन्धन गरेको हो।

लन्डन क्लब टोटनहमले शुक्रबार राति ट्विरमार्फत अस्मितालाई अनुबन्धन गरेको घोषणा गरेको छ। अस्मिताले टोटनहमसँग २ वर्षको सम्झौता गरेकी छिन्।

अब उनी सन् २०२३ सम्म टोटनहममा रहेन छिन् । टोटहमले उनलाई १३ नम्बरको जर्सी दिएको छ। टोटनहमसँग सम्झौता गरेपछि अस्मिताले क्लबमा आबद्ध हुन पाउँदा आफू निकै उत्साहित भएको बताएकी छिन्।

एस्टन भिल्लाकै एकेडेमीकी उत्पादन अस्मिताले गतसिजन मात्र सिनिय टिमका खेलेकी थिइन् र व्यवसायिक सम्झौतान पनि गरेकी थिइन् । अघिल्लो सिजन वुमन प्रिमियर लिगमा एस्टन भिल्लाबाट उत्कृष्ट प्रदर्शन गरेकी अस्मिता भिल्लाकी ‘प्लेयर अफ दी इयर’ पनि बनेकी थिइन्।

इंग्ल्यान्डको राष्ट्रिष्य महिला टिममा खेल्ने लक्ष्य बनाएकी १९ वर्षीय अस्मिताले यू–१७ र यू–१९ टिमबाट भने खेलिसकेकी छिन्।

अवकासप्राप्त गोरखा सेनाकी सन्तान अस्मिता ७ वर्षको उमेरमै इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लामा भर्ना भएकी थिइन्।

यो पनि पढ्नुहोस्

नेपाली चेली इंग्ल्यान्डको राष्ट्रिय टिममा

नेपाली चेली अस्मिता आले एस्टन भिल्लाको सिजनको उत्कृष्ट खेलाडी

Facebook Comments Box