कारबाओ कपः युनाइटेले तेस्रो चरणबाटै बाहिरियो, टोटनहम, आर्सनल र चेल्सी चौथो चरणमा

म्यान्चेस्टर युनाइटेड कारबाओ कप फुटबलको तेस्रो चरणमै पराजित भएको छ। क्रिस्टियानो रोनाल्डो, पाउल पोग्बा, ब्रुनो फर्नान्डेसलगायत आफ्ना प्रमुख खेलाडीहरुलाई आराम दिएको खेलमा युनाइटेड वेस्टह्यामसँग १–०ले पराजित हुुँदै कारबाओ कपको तेस्रो चरणबाटै बाहिरिएको हो।

वेष्टह्यामको लागि मानुएल लान्जिनीले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा वेस्टह्यामलाई दबाबमा राखेपनि युनाइटेडले गोल भने गर्न सकेन ।

यसैगरी चेल्सी, आर्सनल र टोटनहम भने अन्तिम १६मा प्रवेश गरेका छन्। चेल्सीले एस्टनभिल्लालाई पेनाल्टी सुटआउटमा ४–३ले हरायो भने टोटनहमले वुल्भ्सलाई पेनाल्टीमै ३–२ले हराउँदा आर्सनलले एफसी विम्बलडनलाई ३–०ले हरायो।

Facebook Comments Box