टोटनह्यामका एरिक डायरलाई चार खेलको प्रतिबन्ध

इंग्लिस क्लब टोटनह्यामका डिफेन्डर एरिक डायरमाथि चार खेलको प्रतिबन्ध लागेको छ । खेल भावनाविपरित कार्य गरेको भन्दै इंग्ल्यान्ड फुटबल एसोसिएशन (एफए)ले डायरमाथि चार खेलको प्रतिबन्ध लगाएको हो ।

एफए कफ अन्तर्गत नर्विच सिटीविरुद्धको प्रिक्वार्टरफाइलन खेलका क्रममा डायरले खेल भावनाविपरित कार्य गरेको फुटबल एसोसिएशनले जनाएको छ । एफएले बुधबार प्रतिबन्धसँगै डायरलाई ४० हजार पाउण्ड जरिवाना पनि सुनाएको छ ।

डायरले नर्विस सिटीविरुद्धको खेलमा दर्शक बस्ने सिटतर्फ चढेर गएका थिए । उक्त खेल टोटनह्याम पेनाल्टीमा ४–३ ले पराजित भएको थियो ।

एफएले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डायरलाई तत्कालबाट लागु हुने गरी चार खेलको प्रतिबन्धका साथै ४० हजार पाउण्ड जरिवाना गरिएको छ । एफएको ई–३ नियम उलंघन गरेको कारण उनलाई चेतावनी समेत गरिएको छ ।’

इंग्ल्यान्डको राष्ट्रिय टिमका समेत डिफेन्सिभ मिडफिल्डर डायरलाई पछिल्लो समय प्रशिक्षक जोसे माउरिन्होले मेन डिफेन्सका रुपमा खेलाउँदै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.