औबामेयाङ पेनाल्टीमा चुक्दा नर्थ लण्डन डर्बी बराबर

टोटेनह्याम र आर्सनलबिचको नर्थ लण्डन डर्बी बराबरी भएको छ । वेम्बले स्टेडियममा भएको डर्बी भिडन्तमा टोटेनह्यामले जारी सिजनको पहिलो बराबरी नतिजा आत्मसात गर्‍यो । यसअघिका २८ खेलमध्ये २० खेलमा टाटेनह्याम विजयी भएको थियो भने ८ खेलमा पराजित भएको थियो ।

डर्बी भिडन्तमा आर्सनलले पहिलो अग्रता लिएको थियो । १६औं मिनेटमा अलेक्जेन्डर लाकाजेट्को असिस्टमा आरोन राम्जीले वान भर्सेस वानमा गोल गर्दै पाहुना टालीलाई अग्रता दिलाएका थिए । सिजनको समाप्तिसँगै युभेन्टस जाने सम्झौता गरिसकेका राम्जीको यो अन्तिम नर्थ लण्डन डर्बी हो ।

२२औं मिनेटमा टोटेनह्यामले पाएको फ्रिकिकमा ट्रिपिएरले निकालेको सटिक बल कप्तान ह्यारी केनले हेडिङमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास अफसाइड भएको थियो । त्यसपछि पनि टोटेनह्यामले गोलका धेरै अवसर सिर्जना गर्‍यो तर, आर्सनलका गोलकिपर बर्न लेनोले सानदार एवं अविश्वसनिय बचाउ गर्दै टिमको अग्रता कायम राखे ।

७४औं मिनेटमा स्क्रोदान मुस्ताफीले ह्यारी केनलाई डिबक्समा लडाएपछि टोटेनह्यामले पेनाल्टी पाएको थियो । फ्रिकिक प्रहार गर्ने क्रममा भएको सो ट्याकलमा केनसहित टाटेनह्यामका ४ खेलाडी अफसाइड थिए यद्यपि रेफ्रिले आर्सनलविरुद्ध पेनाल्टी दिए । पेनाल्टीको सदुपयोग गर्दै केनले खेल बराबरीमा ल्याए ।

८९औं मिनेटमा डेभिन्सन सान्चेजले औबामेयाङलाई लडाएपछि आर्सनले खेलको अन्तिम मिनेटमा पेनाल्टी पाएको थियो । तर, ५६औं मिनेटमा लाकाजेटको स्थानमा मैदान प्रवेश गरेका औबामेयाङको पेनाल्टी प्रहार टोटेनह्यामका गोलकिपर ह्युगो लोरिसले रोकेपछि आर्सनल महत्वपूर्ण ३ अंक जोड्न चुकेको थियो ।

दोस्रो हाफको इन्जुरी टाइमको पाँचौं मिनेटमा लुकास टोरेराले ड्यानी रोजलाई खराब ट्याकल गरेपछि रातो कार्ड पाउँदै मैदान छाडेका थिए । उत्कृष्ट अट्याकिङ फुटबल खेलेको आर्सनलले पेनाल्टीमा गोल खाँदा जारी सिजन अवे खेलमा क्लिन सिट राख्न असमर्थ एकमात्र टिम बनेको छ ।

घरेलु मैदानमा भएको खेलमा आकर्षक फुटबल खेल्न नसकेपनि टोटेनह्यामले बल पोजेसन भने ६१∞ राख्दै १० सट प्रहार गरेको जसमध्ये केबल ३ सट टार्गेटमा गएका थिए । ३९∞ मात्र बल पोजेसन राखेको आर्सनलले आक्रमक खेल खेल्दै ९ सट प्रहार ग¥यो जसमध्ये ४ सट टार्गेटमा गएका थिए ।

सिजनको पहिलो बराबरी खेलेको टाटेनह्याम २९ खेलमा ६१ अंक बनाउँदै तेस्रो स्थानमा यथावत रह्यो भने २९ खेलमा ५७ अंक जोड्न सफल आर्सनल पनि चौथो स्थानमा कायम रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP