
बेनफोर्डसँग रोकियो टोटनहम
विश्वकपका कारण एक महिना रोकिएर पुनः सुरु भएको इंग्लिस प्रिमियर लिगको पहिलो खेल रोमाञ्चक रुपमा बराबरीमा सकिएको छ। सोमबार राति भएको रोमाञ्चक खेलमा ब्रेन्टफोर्ड र टोटनहमले २–२ गोलको बराबरी खेलेका हुन्।
खेलमा टोटनहमका ह्यारी केन र इमिले होइबियाले गोल गरेका थिए भने ब्रन्टफोर्र्डका आइभान टोनी र भिटाली जानेल्टले गोल गरेका थिए।
खेलको १५औं मिनेटमै ब्रन्टफोर्डले अग्रता लियो। जानेल्टले गोल गरेका थिए। पहिलो हाफमा १–०को अग्रता लिएको ब्रेन्टफोर्डले ५४औं मिनेटमा अग्रता दोब्बर बनायो। यो पटक टोनीले गोल गरे।
खेलमा २ गोलले पछि परेको अवस्थामा ६५औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काए। ७१औं मिनेटमा होइबियाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।
खेलमा ६१ प्रतिशत बल पोजेसन बनाएको टोटनहमले १६ सट प्रहार गर्दा ८ सट फ्रेम्मा थियो । यता, ब्रेन्टफोर्डले ९ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो।
बराबरीपछि ३० अंक जोड्दै टोटेनहम चौथो स्थानमा छ भने २० अंक जोडेको ब्रेन्डफोर्ड नवौं स्थानमा छ।