टोटनहममाथि चेल्सीले सानदार जित

इंग्लिस प्रिमियर लिगमा चेल्सीले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा चेल्सीले टोटनहममाथि ३–०को जित निकाल्यो।

टोटनहमको मैदानमा चेल्सीलाई जित दिलाउन थिएगो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले गोल गरे। चेल्सीले तीनै गोल दोस्रो हाफमा गरेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४९औं मिनेटमा मार्को ओलन्सको कर्नरमा हेडिङमा गोल गर्दै थिएगो सिल्भाले चेल्सीलाई अग्रता दिलाए । त्यसपछि ५७औं मिनेटमा चेल्सीले अग्रता दोब्बर बनायो । यो पटक चेल्सीका कान्टेले कोभासिचको पासमा गोल गरेका थिए।

इन्जुरी समयको दोस्रो मिनेटमा रुडिगरले गोल गर्दै चेल्सीलाई जित दिलाए। उनले टिमो वेर्नरको पासमा गोल गरेका थिए।

खेलमा चेल्सीले ५३ प्रतिशत बल पोजेसन बनाउँदै टोटनहमको पोस्टमा २० सट प्रहार गर्दा १० सट फ्रेममा थियो । यता, टोटहमले ८ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो।

जितसँगै चेल्सी ५ खेलमा १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिउको छ। दोस्रो र तेस्रो स्थानमा रहेका लिभरपलु र म्यानचेस्टर युनाइटेडको पनि समाना १३ अंक नै छ। टोटनहम ९ अंकका साथ सातौं स्थानमा छ।

Facebook Comments Box