आत्मघाती गोलमा टोटनह्यामले एभर्टनलाई हरायो

प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आत्मघाती गोलको मद्दतमा टोटनह्याम विजयी भएको छ । सोमबार राति भएको खेलमा टोटनह्यामले एभर्टनलाई १–० ले पराजित गरेको हो ।

खेलको २४औं मिनेटमा एभर्टनका माइकल केनले आत्मघाती गोल गर्दा टोटनहमले अग्रता बनायो । त्यही गोल नै टोटनहमको जितमा निर्णायक बनेको हो ।

यो जितपछि प्रशिक्षक जोसे माउरिन्होले पनि प्रिमियर लिगमा २ सयौँ जित हात पारेका छन् । र यस्तो उपलब्धी प्राप्त गर्ने उनी पाँचौ प्रशिक्षक हुन् ।

खेलको मध्यान्तरमा टोटनहमका गोलकिपर तथा कप्तान ह्युरगो लोरिस र फरवार्ड हेउन मिन सनबीच भनाभन भएको थियो । प्रशिक्षक माउरिन्होले यसलाई फुटबलको सुन्दर पाटो तथा टिमको उत्थानका लागि गरिएको प्रयासका रुपमा टिप्पणी गरेका छन् । मध्यान्तरको समयमा चेन्जिङ रुममा फर्कँदै गर्दा कप्तान लोरिस दौडिएर आएर सनलाई पछाडिबाट धक्का दिएछि उनीहरूबीच त्यहीँ केहीबेर भनाभन भएको थियो ।

जितपछि ३३ खेलबाट ४८ अंक जोड्दै टोटनहम आठौं स्थानमा उक्लेको छ । सेफिल्ड युनाइटेडको पनि समान ४८ अंक भए पनि गोलअन्तरमा पछि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *