टोटनह्यामविरुद्ध युनाइटेडको पुनरागमन जित

प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विजयी भएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले टोटनह्यामविरुद्ध उसकै मैदानमा ३–१को पुनरागमन जित निकालेको हो।

युनाइटेडका लागि फ्रेड इडिन्सन काभानी र मासन ग्रीनउडले गोल गरे भने टोटनह्यामका सन ह्युङ मिनले गोल गरेका थिए ।

४०औं मिनेटमा हेउन मिन सनले गोल गर्दै टोटनहमलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा टोटनहमले अग्रता कायम राखेपनि दोस्रो हाफमा युनाइटेडले पुनरागमन गर्दै ३ गोल फर्कायो ।

५७औं मिनेटमा फ्रेडले युनाइटेडका लागि बराबरी गोल फर्काए । यस्तै कभानीले ७९औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए। इन्जुरी टाइममा ग्रीनउडले गोल गरेपछि युनाइटेडले ३-१ को जित हात पारेको हो ।

जितपछि दोस्रो स्थानको युनाइटेडले ३१ खेलबाट ६४ अंक जोडेको छ । युनाइटेड अझै शीर्ष स्थानको म्यानचेष्टर सिटीभन्दा ११ अंकले पछि छ । ३२ खेल खेलेको सिटीको ७५ अंक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.