फर्नान्डेसको गोलमा हारबाट जोगियो युनाइटेड

पोर्चुगिज मिडिफिल्ड ब्रुनो फर्नान्डेसले खेलको अन्त्यतिर गोल गरेपछि इंग्लिस प्रियिमर लिगमा म्यान्चेस्टर युनाइटेड हारबाट नोजिएको छ । शुक्रबार राति भएको खेलमा अन्तिममा फर्नाडेसले गोल गरेपछि युनाइटेडले टोटनह्यामसँग १–१ गोलको बराबरी खेल्यो ।

घरेलु मैदानमा स्टेभेन बर्जविनले २७औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । खेलमा जिततर्फ अग्रसर भइसकेको टोटनह्यामले ८०औं मिनेटमा गोल खान पुग्यो । र, महत्वपूर्ण २ अंक गुमायो ।

एरिक डायरले पउल पोग्वालाई पेनाल्टी एरियामा फाउल गरेपछि युनाइटेडले पेनाल्टी पायो । सोही पेनाल्टीलाई ब्रुनो फर्नान्डेसले गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याए । ९० औँ मिनेटमा एरिक डायरले नै ब्रुनो फर्नान्डेजलाई फाउल गरेपछि युनाइटेडले अर्को पेनाल्टी अवसर पाएको थियो । तर भिएआरले उक्त पेनाल्टीलाई मान्यता दिएन ।

बराबरीपछि युनाइटेडले चौथो स्थानको चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । ३० खेलबाट ४६ अंक जोडेको युनाइटेड पाँचौ स्थानमा छ भने एक खेल कम खेलेको चेल्सीको ४८ अंक छ । ३० खेलबाट ४२ अंक रहेको टोटनहम आठौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.