सन र केनले गोल गर्दा टोटनह्याम विजयी

Read Time:1 Minute

स्ट्राइकरद्वय सन ह्युङ मिन र ह्यारी केनले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा टोटनह्याम विजयी भएको छ । आइतबार साँझ भएको खेलमा सन र केनको गोल मद्दतमा टोटनह्यामले रेलिगेसन जोनमा रहेको वेस्टब्रुमलाई २–०ले हरायो ।

यो टोटनह्यामको तीन खेलपछिको जित हो । यसअघि उ ब्राइटन चेल्सी र लिभरपुलसँग पराजित भएको थियो । घरेलु मैदानमा घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ह्युङ मिन सनले एक एक गोल गरे ।

खेलको ५४ औं मिनेटमा केनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५८ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई २–० को जित दिलाए ।

जितसँगै टोटेनहमले सातौं स्थानमा उक्लिएको छ । उसको २२ खेलमा ३६ अंक भएको छ । वेस्टब्रुम १२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारत अझै ३२१ रनले पछाडि
Next post गौरिकासहित ५ खेलाडीलाई युयुएनटीएफ सम्मान
Close