त्रिदेशीय कप विजेता नेपाली फुटबल टिमलाई सम्मान

गत चैतमा सम्पन्न त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई सरकारले सम्मान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा एककार्यक्रम आयोजना गार्दै प्रधानमन्त्री केपी ओलीले त्रिदेशीय कप विजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरे।

सरकारले विजेता नेपाली टोलीका सदस्यलाई जनही ४ लाखरुपैयाँसहित सम्मान गरेको छ। प्रतियोगिता जितेलगत्तै मन्त्तिपरिषद् बैठकले नगद पुरस्कार दिने घोषणा गरेपनि ३ महिना ढिलाका गरी सरकारले खेलाडीलाई सम्मान गरेको हो।

प्रत्येक खेलाडीलाई जनही चार लाख रुपैयाँ दिएको सरकारले मुख्य प्रशिक्षकलाई २ लाख रुपैयाँ दिएको छ।

गत चैतमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले त्रिदेशीय कप उपाधि जितेको थियो । प्रतियोगिताको फाइनल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला नै पुगेका थिए।

Facebook Comments Box