बेंग्लुरुसँग आर्मीको लज्जास्पद हार

एएफसी कपको प्ले अफको दोस्रो चरणम नेपाली टिम त्रिभुवन आर्मी क्लबले लज्जास्पद हार बेहोरेको छ। बुधबार गोवास्थित जिएमसी रंगशालामा भएको खेलमा आर्मी बेंग्लुरुसँग ५–०को लज्जास्पद हार बेहोर्न बाध्य भयो ।

पहिलो हाफमा बेंग्लुरुलाई गोलरहित बराबरीमा रोकेको आर्मी दोस्रो हाफमा भने सम्हालिन सकेन र ५ गोल खान पुग्यो । बेंग्लुरुको जितमा राहुल भेके र सेलिटन सिल्भाले समान २ गोल गरे भने सुनिल क्षेत्रीले एक गोल गरे।

५१औं मिनेटमा राहुलले गोल गर्दै बेंग्लुरुलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो गोल गरेको १ मिनेट बित्न नपाउँदै बेंग्लुरुले अर्को गोल पनि ग¥यो। ५२औं मिनेटमा सुनिलले टिमको अग्रता दोब्बर बनाए।

६१औं मिनेटमा सिल्भाको गोल गरेपछि आर्मीविरुद्ध बेंग्लुरु ३–०को अग्रता बनायो । त्यसको २ मिनेटपछि नै सिल्भाले गोल गरेपछि बेंगलुरुले ४–० को अग्रता बनायो । ६५औं मिनेटमा राहुलले व्यक्तिगत दोस्रो गोल गर्दै बेंगलुरुलाई ५–० को जित दिलाए ।

प्ले अफको पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५–१ ले हराएर आर्मी प्लेअफको दोस्रो चरण पुगेको थियो । प्लेअफको अर्को चरणमा बेंग्लुरुले अब बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ।

ए डिभिजन लिग नजिते पनि नेपालमा क्लब लाइसेन्स पाउने एकमात्र टिम भएपछि आर्मीले एएफसी कप खेल्ने अवसर पाएको हो। ए डिभजिन लिग मच्छिन्द्र क्लबले जितेको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.