श्रीलंका पुलिसमाथि त्रिभुवन आर्मीको शानदार जित

Read Time:3 Minute

एएफसी कपमा त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ। बुधबार घरेलु मैदानमा भएको खेलमा श्रीलंका पुलिस एफसीमाथि आर्मीले एक गोलले पछि परेको अवस्था उल्टाउँदै ५–१को जित निकाल्यो ।

पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा ३ गोल थप्यो । आर्मीको जितमा नवयुग श्रेष्ठले दुई गोल गरे भने सन्तोष तामाङ, टंकबहादुर बस्नेत र सुदिल राईले एक–एक गोल गरे ।

आर्मी गोल गर्न चुकिरहेका बेला श्रीलंकन टोलीले २८औं मिनेटमा खाता खोल्यो । घानाका खेलाडी इभान्स एसान्तेले गोल गर्दै श्रीलंका पुलिसलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा सन्तोष तामाङले आर्मीका लागि बराबरी गोल फर्काए । विपक्षी खेलाडीले क्लियर गर्न नसकेको बलमा सन्तोषले २५ यार्डबाट हाफ भलिमा शानदार गोल गरे । त्यसको दुई मिनेटपछि नै आर्मीले अर्को गोल गर्‍यो ।

कप्तान भरतको पासमा नवयुग श्रेष्ठले हेडर गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफमा पनि आर्मीले दबाब कायमै राख्यो । ५०औं मिनेटमा श्रीलंकन पुलिसका गोलकिपरको गल्तीमा टंकबहादुर बस्नेतले गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सुदिल राईले ८३ औं मिनेटमा गोल गर्दै आर्मीलाई ४–१ को अग्रता दिलाए । उनी ६३औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान प्रवेश गरेका थिए । इन्जुरी टाइममा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ५–१ गोल अन्तरको शानदार जित निकाल्यो।

जितसँगै दोस्रो चरणमा पुगेको आर्मीले भारतको बेंगलुरु एफसीसँग अप्रिल १४ मा खेल्नेछ । सन् २०१३ मा स्थापना भएको बेंगलुरुको कप्तान सुनिल क्षेत्री छन् र यो क्लबले २ पटक आई लिग र एक पटक इन्डियन सुपर लिगको उपाधि जितेको छ । सन् २०१४ देखि नै लगातार एएफसी कप खेल्दै आएको बेंगलुरु २०१६ मा एएफसी कपको फाइनलमा पुगेको थियो ।

प्रिलिमिनरीकै अर्को खेलमा माल्दिभ्सको क्लब इगल्स भुटानको थिम्पु सिटी एफसीलाई २–० ले पराजित गर्दै दोस्रो चरणमा पुगेको छ । क्लब इगल्सले पनि १४ अप्रिलमै बंगलादेशको अबहानी लिमिटेडको विजेतासँग खेल्नेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
Next post एम्बाप्पे चम्किँदा पिएसजीले बायर्नलाई उसकै मैदानमा हरायो
Close