कार दुर्घटनामा टर्किस फुटबलरको निधन

टर्की राष्ट्रिय टिमका सदस्य अहमेत कालिकको कार दुर्घटनामा परेर निधन भएको छ। २७ वर्षीय डिफेण्डर कालिकको मंगलबार भएको दुर्घटनामा निधन भएको हो।

टर्कीको राजधानी अंकरामा मंगलबार बिहान भएको कार दुर्घटनामा उनको निधन भएको बताइएको छ। उनी आबद्ध क्लब कोन्यासपोरले ट्वीट गर्दै कालिकको निधनले दुःखी भएको उल्लेख गरेको छ।

सन् २०१५ मा टर्कीको राष्ट्रिय टिममा डेब्यु गरेका उनले ८ खेल खेल्दै १ गोल समेत गरेका थिए । उनले टर्कीको चर्चित क्लब गालातासरेबाट खेल्दै सुपर लिग, टर्किस कप र टर्किस सुपर लिगको उपाधि समेत जितेका छन् ।

Facebook Comments Box