लेभान्तेविरुद्ध रियल म्याड्रिडको कठीन जित

युरोपियन च्याम्पियन रियल म्याड्रिडले स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा लेभान्तेसँग ठीन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा रियलले लेभान्तेविरुद्ध २–१ को कठीन जित निकाल्यो । लेभान्तेलाई उसकै घरमै पारजित गर्न रियललाई पेनाल्टीको साहरा लिनुपर्‍यो ।

नियमित कप्तान सर्जियो रामोसविना मैदानमा उत्रिएको रियलले लेभान्तेसँग निकै दबाबमा खेलेको थियो । उसले ४३ औं मिनेटमा करिम बेन्जिमाको गोलमा सुरुवाती अग्रता लिएको थियो । लेभान्तेका खेलाडीले डिबक्स ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा बेन्जिमाले गोल गरेका थिए ।

एक गोलले पछि परेको लेभान्तेले त्यसपछि पनि रियलको पोस्टमा निरन्तार आक्रमण गरेको थियो । फलस्वरुप उसले रोगर मार्टीको गोलमा खेललाई बराबरीमा ल्यायो ।

बल आफ्नो नियन्त्रणमा लिएर पनि रियलले लेभान्तेविरुद्ध दबाबमा खेलेको थियो । उसका युवा स्टार भिनिसियस जुनिएरले लेभान्तको डिफेन्सलाई निरन्तर दबाब दिएका थियो । भिनियसले एकल प्रयासमा केही गोलका राम्रा अवसर सिर्जना गरेका थिए ।

सफ्टिच्युट गेराथ बेलले ७८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई महत्पूर्ण तीन अंक दिए । लेभान्तेका खेलाडीले डिबक्समा रियलका कार्लोस कासिमिरोलाई फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो ।

खेलको ८६ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै नाचो मैदानबाट बाहिरपछि रियल १० खेलाडीमा सीमित बनेको थियो । यता, लेभान्तेका बेन्चमा भएका खेलाडीले पनि रातो खाँदै प्लेयर बक्सबाट बाहिर गएका थिए ।

जितपछि रियलले २५ खेलबाट ४८ अंक बनाएको छ र तेस्रो स्थानमा छ । बार्सिलोना ५७ अंकका साथ पहिलो स्थानमा छ भने ५० अंक जोडेको एट्लेटिको म्याड्रिय दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP