
यू–१७ टिमका लागि ६० खेलाडी छानिए (सूचीसहित)
अखिल नेपाल फुटबल संघ एन्फाले यू–१७ राष्ट्रिय फुटबल टिमका लागि खुला प्रतिस्पर्धाबाट प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा सहभागी एक हजार बढी खेलाडीबाट एन्फाले ६० जना खेलाडी छनोट गरेको छ।
प्रारम्भिक छनोटमा परेका खेलाडीलाई मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणमा राख्ने छन्, र यू–१७ टिमको छनोट गर्ने छन्। एन्फाले यू–१७ साफ च्याम्पियनसिपका लागि खुला प्रतिस्पर्धाबाट राष्ट्रिय टिम बनाउन लागेको हो।
श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाल भारत र भुटानसँगै समूह बी मा छ। यस्तै, समूह ए मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन् ।
यी हुन् छनोट भएका ६० खेलाडी
अशिम खड्का, आशिष थारु, अशोक स्याङ्तान, अभिषेक थोकर, अनिष उप्रेती, आर्यन बस्नेत, आश्विन घोरासैनी, धनसिंह विक, धिरज विक, दिनेश थापामगर, दिवस विष्ट, विशाल भट्टराई, दिपजन श्रेष्ठ, विजय गुरुङ, विक्रम तामाङ, गौरव महर्जन, हरिश भट्ट, मिकल गर्वुजा, मिरक लिङ्देन, मुकेश घर्ती, नविन परियार, नेल्सन तामाङ, निशान्त तामाङ, ओम अधिकारी, निरज कार्की, निराजन धामी, निर्देश राई, पाल्देन गुरुङ, पर्वत तामाङ, जनप्रकाश बम, कमलबहादुर थापा मगर, खेमराज सुनुवार, कुशल देउवा, मनित गुरुङ, मार्सल शाही, पवन दाहाल, प्रजय गुरुङ, प्रशान्त लक्षम, लक्षु थापा, रविन तामाङ, राजन प्रधान, मदन पौडेल, मानव पोखरेल, रिजन श्रेष्ठ, रुविन बोगटी, सचन महतो, सागर रसाइली, सुशिल तामाङ, युनिस मगर, समिर तामाङ, सन्देश न्यौपाने, सन्दिप लामा, सन्तोष परियार, श्रीयन्द्र ठकुरी, श्रीयान्स मानन्धर, शुभम थापा, सिजल राई, सुवास गुरुङ, सुदिप रुम्वा र सुजत डंगोल ।