एएफसी यू–२० महिला एसियन कपको दोस्रो चरणको छनोटमा नेपाली महिला टिमले आज पहिलो खेल खेल्दैछ। नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुने खेलमा नेपालले घरेलु टोली म्यानमारसँग खेल्ने छ।
नेपाल छनोटको समूह ‘बी’मा रहेको छ। यो समूहमा नेपाल र म्यानमासरसँगै चीन र चाइनिज ताइपेइ पनि छन्।
नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थिाये ।
नेपाली टोलिका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने बताए। ‘फिफा वरियतामा हामीभन्दा माथि भएका टिम छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रने छौं,’ उनले भने।
यस्तै नेपालले जुन ८ मा चीन र जुन १० मा चाइनिच ताइपेइसँग खेल्नेछ। समूहको शीर्ष २मा रहने सकेन नेपाल भियतनाममा हुने यू–२० एसिया कपमा छनोट हुनेछ।
नेपाली टोलीको गोलरक्षकमा कविता विक, लीला जोशी र सावित्री किसान छन् भने डिफेन्डरमा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ छ्न्।
यसैगरी मिडफिल्डरमा सरस्वती हमाल, मनमाया दमाईं, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी छन् । फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान छन्।