यू–२० महिला च्याम्पियनसिप नेपालको पहिलो खेल बंगलादेशसँग

Read Time:1 Minute

यू–२० महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको तालिका अनुसार नेपालल बंगालादेशसँग फेब्रुअरी ३मा हुनेछ।

सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा अयोजना हुने प्रतियोगिता सोही दिन भारत र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ।

च्याम्पियनसिपमा नेपाल, बंगलादेशसहित भारत र भुटान गरी चार टिमको सहभागिता छ।

नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन् ।

सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता २०२१ मा यू–१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू–१८ को नाममा भएको थियो ।

पहिलो पटक यो प्रतियोगिता यू–२० फर्म्याटमा आयोजना हुन लागेको हो । पहिलो संस्करणमा उपविजेता बनेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन।

Happy
Happy
40 %
Sad
Sad
0 %
Excited
Excited
20 %
Sleepy
Sleepy
0 %
Angry
Angry
20 %
Surprise
Surprise
20 %
Previous post नेपालको नागरिक समाजले लेख्यो फिफालाई पत्र, भन्यो– आप्रवासी कामदारलाई क्षतिपूर्ति देउ
Next post नेपाल टि–२० लिगका लागि विराटनगरले भित्र्यायो पाकिस्तानी खेलाडी
Close