५ पटकको च्याम्पियन ब्राजिल अर्जेन्टिनामा जारी यू–२० विश्वकपको क्वार्टरफाइलनबाटै बाहिरिएको छ। शनिबार राति भएको खेलमा खेलमा ब्राजिल पहिलो पटक विश्वकप खेलिरहेको इजरायलसँग ३–२ले पराजित भयो।
खेलमा २ पटक पछाडि परेको अवस्था उल्टाउँदै इजरायलले ब्राजिललाई हराउँदै सेमिफाइनल पुगेको हो।
खेलमा अग्रता ब्राजिलले लियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५६औं मिनेटमा मार्कस लियोनार्डोको गोलमा ब्राजिलले अग्रता लियो। तर, अग्रता ४ मिनेटमात्र कायम रह्यो । ६०औं मिनेटमा अनान खलाइलीले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए।
त्यसपछि निर्धारित समयको खेल १–१कै बराबरीमा सकियो। त्यसपछि ३० खेल थपियो। त्यसको पहिलो मिनेटमै ब्राजिलले अग्रता लियो। उसका लागि म्याथुस नासिमेन्तोले गोल गरेका थिए।
तर, यो पटकको ब्राजिलको अग्रता २ मिनेट मात्र कायम रह्यो। ९३औं मिनेटमा उसका हज्मा सिब्लीले गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याए।
त्यसपछि थप गरिएको समयको पहिलो हाफको इन्जुरी समयमा इजयरालले खेलमा अग्रता लियो । उसका लागि डोर डेभिड टुर्गेमेनले डिबक्सभित्र ३ डिफेन्डरलाई छलाउँदै गोल गरेका थिए। त्यसपछि पनि इजरायलले थप २ गोलका सुन्दर अवसर खेल फाल्यो।
११४औं मिनेटमा ब्राजिलका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि इजरायलले पेनाल्टी पायो। इले म्याडमोनको प्रहार ब्राजिलको किपरले बचाए। खुट्टाले बचाएको बललाई नियन्त्रणमा लिने क्रममा गोलकिपरले इजराजयका अर्का खेलाडीलाई फाउल गरेपछि उसले फेरि पेनाल्टी पायो । यो पटक इजरायलका अहमद इब्रहिम सलमानको प्रहार पोस्ट नजिकैबाट बाहिरियो।
त्यसपछि गोल नहुँदा ५ पटकको च्याम्पियन ब्राजिल स्तब्ध बन्दा इजरायल पहिलो सहभागीतामै सेमिफाइनल पुग्यो। अब उसले फाइनल प्रवेशका लागि अमेरिका र उरुग्वेबीचको विजेतासँग खेल्ने छ।
यता, शनिबार राति नै भएको अर्को खेलमा कोलम्बियालाई हराउँदै इटाली पनि सेमिफाइनलमा पुगेको छ। उसले कोलम्बियालाई ३–१ले हरायो। इटालीले सेमिफाइनलमा नाइजेरिया र उत्तर कोरियाबीचको विजेतासँग खेल्नेछ।