यू–१५ साफ च्याम्पियनसिप : एक खेल अगावै नेपाल सेमिफाइलनमा

काठमाडौंमा जारी यू–१५ साफ च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफइलनमा प्रवेश गरेको छ ।

समूह एको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९–० को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल एक खेलअगावै अन्तिममा प्रवेश गरेको हो ।

माल्दिभ्सविरुद्ध फराकिलो जित हात पारेको बंगलादेश पनि सेमिफाइलनमा प्रवेश गरेको छ । योसँगै प्रतियोगितामा सेमिफाइलन पुग्ने तीन टोलीको टुंगो लागि सकेको छ ।

शनिबार भएको खेलमा भुटानलाई ४–० ले पराजित गर्दै पाकिस्तान समूह बीको विजेताका रुपमा सेमिफाइलन पुगेको थियो । नेपालले समूह एको पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले पराजित गरेको थियो ।

शनिबार सातदोवाटो मैदानमा माल्दिभ्सलाई बंगलादेशले ९–० गोलले हराउँदा उसका लागि निहत जमानले ह्याट्रिकसहित ४ गोल गरे। रसेल अहमद र आसिकुर रहमानले २–२ गोल गरे भने त्यस्तै एक गोल कप्तान मोहम्मद मेहेदी हसनले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *