यू–१५ साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी यू–१५ साफ च्याम्पियनससिप अन्तर्गत शनिबार भएको खेलमा भुटानलाई ४–०ले पराजित गर्दै पाकिस्तान सेमिफाइलन प्रवेश गरेको छ ।
समूह बीमा रहेको पाकिस्तानले समूहका दुवै खेल जित्दै समूह विजेताका रुपमा सेमिफइलनमा स्थान पक्का गरेको हो । पाकिस्तानले पहिलो खेलमा भारतलाई २–१ ले पराजित गरेको थियो । समूह एबाट सेमिफाइलन पुग्ने अर्को टिमको टुंगो भारत र भुटानबीचको खेलले लगाउने छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएका खेलमा खेलको २४ औं मिनेटमा मुद्दसर नजरले गोल गर्दै पाकिस्तालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि इफ्तिखर अहमेदले पाकिस्तानको अग्रता दोब्बर पारेका थिए ।
एकपक्षीय खेलको ३३ औं मिनेटमा मोइन अहमेदले पाकिस्तानका लागि तेस्रो गोल गरेका थिए । पहिलो हाफको अन्तिम समयमा मोइनले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई फराकिलो जित दिलाए ।
पहिलो हाफमै ४–० ले पछि परेको भुटानले दोस्रो हाफमा भने सुधारिएको खेल प्रदर्शन गरेको थियो । तर, उसले गोल भने गर्न सकेन् ।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले सहभागी छन् । समूह ए मा नेपाल, बंगलादेश र माल्दिभ्स छन् भने समूह बीमा भारत, पाकिस्तान र भुटान छन् ।