साफ च्याम्पियनसिपमा भारतसँग भिड्दै नेपाली महिला टिम, भारतलाई रोक्ने फाइनल पुग्ला?

बंगलादेशमा जारी यू–१९ साफ महिला च्याम्पियनसिपमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ। ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेलमा नेपालले भारतको सामाना गर्दैछ।

खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।

प्रतियोगिताको अपराजित रहेको नेपाल फाइनल नजिक छ । तालिकामा शीर्ष स्थानमा रहेको नेपाल भारतलाई बराबरीमा रोक्ने सके फाइनल पुग्ने छ। त्यसैले भातरविरुद्ध खेल्दा नेपाल उत्साहित छ ।

यता, भारतलाई फाइनल पुग्ने नेपालविरुद्ध जित निकाल्नै पर्ने छ। ३ खेलमा २ जित र एक बराबरी खेलेको नेपाल ७ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ भने भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्। नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो।

भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

Facebook Comments Box