अल्मुताइरी पथमा मेघराज, हारपछि भने– खेलाडीलाई गाली नगुर्नहोस्, गल्ती मेरो हो

Read Time:2 मिनेट

उपाधि जित्ने लक्ष्यसहित यू–२० साफ च्याम्पियनसिप खेल्न भारत पुगेको नेपाली युवा टिम लिग चरणको तेस्रो खेलमा आइतबार आयोजक भारतसँग ८–०को नमीठो हार बेहोर्न बाध्य भयो ।

लज्जास्पद हारपछि मुख्य प्रशिक्षक मेघराज केसीले प्रतिक्रिया दिने क्रममा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लह अल्मुताइरीकै शैली अपनाए। नेपालको प्रत्येक खेलपछि अल्मुतारी भन्थे– जितको श्रेय खेलाडीलाई दिनुस्, हारको दोष म लिन्छु।

आइबार मेघराग केसीले त्यही शैली अपनाए। हारपछि प्रतिक्रिया दिँदै केसीले खेलमा आफ्नो गल्ती भएको भन्दै खेलाडीलाई गाली नगर्न आग्रह गरे । साथै उनले एन्फालाई पनि दोष नदिने भनेका छन्।

प्रशिक्षक केसीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टिमलाई समर्थन गर्नु भएकोमा सबैलाई धन्यवाद ! खेलाडीमा अनुभवको कमी छ, तर ट्यालेन्ट पनि त्यत्तिकै छ । सबैलाई खुशी दिन नसकेकोमा दुःखी छौं । खेलाडी र एन्फालाई दोष नलगाउनुस्, यो मेरो गल्ती हो ।’

उनले आफूहरुलाई ‘रिकभर’ हुन दुई दिन लाग्ने उल्लेख गरेका छन् । उनले आफू टिममै रहेर आफ्नो फाइदाको लागि फुटबल डुबाउन नसक्ने पनि जनाएका छन् ।

सुरुको दुई खेलमा माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारतसँग पराजित भएपछि फाइनल पुग्ने सम्भावना पनि कठिन बनेको छ । अन्तिम खेलमा बंगलादेशमाथि ४–० अन्तरको जित निकाल्न सके नेपाल फाइलन पुग्ने छ । या भारत पराजित वा बराबरीमा रोकिए नेपाल सामान्य जितले पनि फाइनल पुग्ने छ। अन्तिम खेलमा भारतले माल्दिभ्ससँग खेल्ने छ। हार्नुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।

नेपाल र भारतको समान ६–६ अंक छ तर भारत अगाडि छ । बंगलादेश तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post महिला साफ च्याम्पियनसिप नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान
Next post इंग्ल्यान्डले पहिलो पटक उचाल्यो महिला युरोकप उपाधि
Close