निर्णायक खेलमा बंगलादेशसँग भिड्दै नेपाल, यस्तो छ फाइनल पुग्ने समीकरण

Read Time:3 मिनेट

भारतको भुवनेश्वरमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। पाँच देश सम्मिलित यो प्रतियोगिताको समूह चरणको अन्तिम दिन नेपाल र बंगलादेश तथा भारत र माल्दिभ्सबीच खेल हुँदैछ।

नेपाल र बंगलादेशबीच दिउँसो ४ः१५बजे कालिङ्गा रंगशालामा प्रतिस्पर्धा हुनेछ। अर्को खेलमा साँझ ७ः१५ बजे आयोजक भारतले माल्दिभ्सको सामाना गर्ने छ। यी दुई खेल पछि नै फाइनल पुग्ने दुई टिमको टुंगो लाग्ने छ। ती टिम हुनेछन्, नेपाल, बंगलादेश या भारतमध्ये दुई ।

नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीको उद्देश्य आफ्ना खेलाडीलाई बंगलादेशविरुद्धको खेलमा मानसिक रूपमा तयार पार्नुहुनेछ । ठूलो अन्तरको हारपछि विशेषतः युवा खेलाडी आत्तिन सक्ने हुन्छन् । नेपाली खेलाडी तीन खेलपछि शारीरिक रूपमा थाकेका हुन सक्छन् । यी दुवै स्थितिमा केसीले बंगालदेशविरुद्ध मैदानमा उत्रनुअगाडि आफ्ना खेलाडीलाई अभिप्रेरित गरिराख्नुपर्नेछ ।

प्रतियोगितामा अपराजित बंगलादेशविरूद्ध नेपाललाई खेल्न सहज हुनेछैन। पछिल्लो समय युथ फुटबलमा लगानी गरेको बंगलादेश उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको थियो।

नेपालका प्रशिक्षक मेघराज केसीले बंगलादेशविरुद्धको खेलमा जितका लागि सम्पूर्ण शक्ति खर्च गर्ने बताएका छन्।

माल्दिभ्ससँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिइसकेका छन् । यस्तोमा फाइनल पुग्ने होड त्रिकोणात्मक छ । राउन्ड रोबिनका आधारमा सञ्चालन भएको प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टिम उपाधिका लागि भिड्नेछन् ।

बंगलादेश ९ अंकसहित शीर्षस्थानमा छ भने त्यसपछि भारत र नेपालको समान ६ अंक छ । शीर्ष दुई टिमको निर्णय ‘हेड टु हेड’ का आधारमा हुनेछ । त्यसमा बराबरीको स्थितिमा गोल अन्तर नियम लागू हुनेछ ।

मंगलबारको खेलमा नेपालको एकमात्र उद्देश्य रहनेछ, बंगलादेशमाथि जित निकाल्ने । जित अन्तर बढी रहे त्यसले नेपाललाई स्वाभाविक रूपमा फाइदा गर्नेछ । नेपाल त्यस खेलमा बराबरीमा रोकिए वा पराजित रहे पनि फाइनल समीकरण सकिने छैन । अर्को खेलमा माल्दिभ्सले भारतलाई हराउने हो भने नेपालको भाग्य खुल्न सक्नेछ । नेपाल विजयी रहेको स्थितिमा भारत र माल्दिभ्सले बराबरी खेले पनि त्यो फाइलन पुग्न पर्याप्त हुनसक्छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post म्याकोइ चम्किँदा भारतमाथि वेस्टइन्डिजको जित
Next post बंगलादेश रोकियो नेपाल, बंगालादेश फाइनलमा, नेपालको सम्भावना क्षीण
Close