यू–२० महिला साफमा आयोजक बंगलादेशसँग भिड्दै नेपाल

Read Time:1 Minute

यू–२० महिला साफ च्याम्पियनसिप आजबबाट बगलादेशको राजधानी ढाकामा सुरु हुँदैछ। नेपाल, बंगलादेश, भारत र भुटान गरी चार टिम सम्मिलिय प्रयोगितामा नेपालले आजै आयोजक बंगलादेशको सामाना गर्दैछ।

नेपाल र बंगलादेशबीचको खेल ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा साँझ ६ः४५ बजे सुरु हुनेछ।

लामो तयारीपछि प्रतियोगिताका लागि मंगलबार ढाका पुगेको नेपाली टिम प्रतियोगितामा सुखद् सुरुआत गर्ने योजनामा छ।

बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक यम गुरुङले तयारी राम्रो भएकोले सुखद् सुरुआतको योजना रहेको बताएका थिए। उनले आयोजकको रुपमा बंगलादेशलाई फाइदा भएको बताउँदै आफूहरु मैदानमा मेहनत गरेर खेल्ने बताएका थिए।

नेपाली टिमकी कप्तान तथा अनुभवी खेलाडी प्रीति राईले पनि राम्रो आउने विश्वास व्यक्त गरेकी थिइन्।

प्रतियोगितामा नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ। सिंगल राउण्ड रोविन लिगमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन्।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %
Previous post राष्ट्रिय टिमका अर्का सदस्य विशाल राई पनि अस्ट्रेलिया लागे
Next post केटिएम सिटीकाे २७औं आउटलेट बनस्थलीमा
Close