यू–२० महिला एसियन कप छनोटमा नेपाली महिला टिमले लागतार दोस्रो हार व्यहोरेको छ। म्यानमारमा जारी दोस्रो चरणको छनोटमा नेपाली महिला टिम बिहीबार चीनसँग ५–०को फराकिलो अन्तरले पराजित भयो।
यसअघि नेपाली टिम पहिलो खेलमा आयोजक म्यानमारसँग पनि ५–०ले नै पराजित भएको थियो । लगतार दोस्रो हारसँगै नेपाली टिमको यू–२० एसियन कप खेल्ने सपना चकनाचुर भएको छ।
४ टिम सहभागी समूहमा शीर्ष २ स्थानमा रहन सकेको भए नेपाल एसियन कपमा छनोट हुने थियो। अब नेपालले अन्तिम खेल चाइनिज ताइपेइसँग खेल्ने छ।
चीनविरुद्ध नेपालले पहिलो हाफमै ४ गोल खाएको थियो । चीनका लागि युयाङ युहानले १६औं, थिइनेभन होउ युछिनले २६औं, यिन लिहोङले इन्जुरी समयको दोस्रो र लु ज्यायुलले पाँचौं मिनेटमा गरेकी थिइन्।
पहिलो हाफमै ४ गोल खाएको नेपाली टिमले दोस्रो हाफमा भने राम्रो प्रदर्शन गरेको थियो। यु जिकीले ८९औं मिनेटमा गोल गरेपछि नेपाली टिम ५–०ले पारजित भएको छ।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा विजेताका रुपमा नेपाल विजेता भन्दै दोस्रो चरणको छनोटमा पुगेको थियो ।