म्यानमारमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कपको दोस्रो चरणको खेल्ने नेपाली महिला फुटबल टिमको बिदाइ गरिएको छ। एन्फाले आइतबार एक कार्यक्रमबीच यू–२० महिला टिमलाई बिदाइ गरेको हो।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली टोलीलाई बिदाइ गर्दै भ्रमणलाई सार्थक बनाउन शुभकामना दिए।
जुन ३ देखि ११ सम्म म्यानमार हुने छनोटमा नेपाल समूह बीमा छ । यो समूहमा छनोटनमा नेपालसहित चीन, म्यानमार र चाईनिज ताइपे छन्।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा समूहको शीर्ष स्थानमा रहँदै नेपाल दोस्रो चरणमा छनोट भएको हो। दोस्रो चरणमा नेपालले म्यानमारसँग जुन ६ मा पहिलो खेल खेल्नेछ। यस्तै, जुन ८ मा चीन र जुन १० मा चाइनिच ताइपेइसँग खेल्नेछ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा यामप्रसाद गुरुङ छन् भने मैदानमा टोलीको नेतृत्व दीपा शाहीले गर्ने छिन्।
नेपाली टोली
गोलकिपर : कविता विक, लीला जोशी, सावित्री किसान
रक्षक : सविना चौधरी, तुलसा बोहोरा, सुनीता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ
मिडफिल्डर : दीपा शाही (कप्तान), सरस्वती हमाल, मनमाया दमाईं, सुनकला राई, हिमा रावत, सुष्मा जीटी, अञ्जली माचामासी, सारा वज्राचार्य
फरवार्ड : अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन