अन्तर्राष्ट्रिय फुटबलफुटबल

इटाली र उरुग्वे यू–२० विश्पकपको फाइनलमा

युरोपियन टिम इटाली र दक्षिण अमेरिकी टिम उरुग्वे अर्जेन्टिनामा जारी यू–२० विश्वकपको फाइनलमा पुगेका छन्। बिहीबार राति भएको सेमिफाइनलमा जित निकाल्दै इटाली र उरुग्वेले उपाधि भीडन्त पक्का गरेका हुन्।

बिहीबार राति भएको खेलमा उरुग्वेले पहिलो पटक विश्वकप खेलिरहेको इजरायललाई १–०ले हरायो । उरुग्वेलाई फाइलन पुर्‍याउने क्रममा एन्डरसन डुवार्टेले निर्णायक गोल गरे। उनले ६१औं मिनेटमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा उरुग्वे फाइनल पुगेको हो।

उरुग्वे क्वार्टरफाइलनमा अमेरिकालाई २–०ले हराएको थियो भने इजरायलले ५ पटकको च्याम्पियन ब्राजिललाई ३–२ले हराएको थियो।

यस्तै, बिहीबार राति नै भएको खेलमा इटालीले दक्षिण कोरियालाई २–१ले हराउँदै उरुग्वेसँगको उपाधि भीडन्त पक्का गरेको हो। उसका लागि कासारे कासाडेइ र सिमोन पाफुन्डीले गोल गरेका थिए भने कोरियाका सेउङ वन लिले गोल गरेका थिए।

खेलको १४औं मिनेटमा कासाडेइको गोलमा इटालीले अग्रता लियो। २३औं मिनेटमा लिले पेनाल्टीमा गोल गर्दै कोरियालाई खेलमा फर्काएका थिए। तर, पाफुन्डीले ८६औं मिनेटमा गोल गर्दै इटालीलाई फाइनलमा पु¥याए।

क्वार्टरफाइनलमा इटालीले कोलम्बियालाई हराएको थियो भने कोरियाले नाइजेरिलाई हराएको थियो।

उरुग्वे र इटालीबीको उपाधि भीडन्त आइतबार राति हुनेछ।