यू–२३ टिमको बन्द प्रशिक्षणमा अब ३२ खेलाडी, १० खेलाडी बाहिरिए

आसन्न एसिसी यू–२३ एसियन कप छनोटका लागि प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टिमको बन्द प्रशिक्षणका लािग ३२ खेलाडी छनोट गरेका छन्। बन्द प्रशिक्षण थालेको २ सातापछि १० खेलाडीलाई बाहिर राख्दै महर्जनले ३२ खेलाडी छनोट गरेका हुन्।

एसियन कप छनोटमा नेपाल समूह बीमा छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् । खेल अक्टोबर २३ देखि ३१ सम्म ताजकिस्तानमा हुनेछ ।

बन्द प्रशिक्षणमा रहेको नेपाली टिम

विशाल सुनार, अर्पण कार्की, अविशेक बराल, सुमन अर्याल, रोहित कार्की, राजन गुरुङ, गौतम श्रेष्ठ, रन्दिप पौडेल, विश्वास उदास, अशिम भुसाल, विशाल बस्नेत, रोमन लिम्बु, आयुस घलान, सेसेहाङ आङ्देम्बे,आशिक थापा, अनिल महर्जन, आदील हामिद, अविशेक लिम्बु, नितिन थापा, सुरजज्यु ठकुरी, शिव गुरुङ, शिशिर लेखी, आकाश बुढामगर, दिपेश गुरुङ, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ, राजिब लोप्चन, रोशन पहाडी, एरिक विष्ट, ऋतिक खड्का, बुद्ध बल तामाङ ।

Facebook Comments Box