दक्षिण कोरियालाई हराउँदै युएई विश्वकप छनोटको प्लेअफमा

Read Time:1 Minute

युएई विश्वकपको एसियन छनोटको प्लेअफमा पुगेका छ। मंगलबार भएको खेलमा एसियन पावर हासउ दक्षिण कोरियालाई १-०ले हराउँदै युएई प्लेफमा पुगेको हो।

खेलको ५४औं मिनेटमा हरिब अब्दुल्लाहले गरेको गोल नै निर्णायक बनेको थियो। प्लेअफमा अस्ट्रेलिया र यूएई भिड्ने पक्का भएको हो। समूह ‘ए’बाट शीर्षस्थानको इरान र दोस्रो स्थानको दक्षिण कोरियाले यसअघि नै विश्वकपमा स्थान पक्का गरेका थिए।

यसअघि समूह ‘बी’ बाट अस्ट्रेलिया तेस्रो हुँदै प्लेअफमा पुगेको थियो। यस समूहबाट जापान र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका थिए।

अब अस्ट्रेलिया र युएईबीचको प्लेअफ आगामी जुन ७ मा कतारको राजधानी दोहामा हुनेछ। यो खेलको विजेता अन्तरमहादेशीय प्लेअफमा पुग्नेछ। जसमा दक्षिण अमेरिका छनोटको पाँचौं हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ।

एसियाको प्लेअफ विजेता र दक्षिण अमेरिकाको पाँचौ हुने टोलीबीचको प्रतिस्पर्धा जुनमा हुनेछ। यो खेलको विजेता विश्वकपमा स्थान पक्का गर्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रिन्सलाई अहिलेसम्मकै ठूलो प्रायोजन, वार्षिक ८ लाख पाउने
Next post घरमै सिरिज गुमाएको नेपलाको एकदिवसीय वरीयता खस्कियो
Close