उत्कृष्ट प्रशिक्षकका लागि एन्सोलोटीलाई ग्वार्डिओला र क्लोपको चुनौती

Read Time:1 मिनेट

युईएफएको वर्षको उत्कृष्ट प्रशिक्षक बन्न कार्लो एन्सोलोटी, पेप ग्वार्डिओला र योर्गेन क्लापबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार युईएफएले उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेसँगै यी तीन बीच उत्कृष्ट प्रशिक्षकको भीडन्त पक्का भएको हो।

अघिल्लो सिजनमा रियल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रो पटक फर्किएका एन्सोलोटीले रियललाई ला लिगा, च्याम्पियन्स लिग र स्पेनिस सुपर कप दिलाएका थिए। एन्सोलोटीको प्रशिक्षणमा अघिल्लो सिजन रियलले ५७ खेल मध्ये ४० जित, ८ बराबरी र ९ हार बेहोरोको थियो।

यता, ग्वार्डिओलाले सिटीलाई प्रिमियर लिग जिताएका थिए । उनको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गरिरहेको सिटीले पछिल्ला ५ वर्षमा ४ प्रिमियर लिग उपाधि जितेको छ। क्लोपको नेतृत्वमा कारबाओ कप र एफ ए कप जितेको लिभपुल प्रिमियर लिगमा सिटीसँग १ अंकले मात्र पछि परेको थियो।

यस्तै, युईएफएको वर्ष पुरुष खेलाडीका लागि रियल मड्रिडका करिम बेन्जिमालाई म्यान्चेस्टर सिटीका केभिड डे ब्रुयन र रियलमै थिवाउट कोर्टुवाले चुनौती दिने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post युईएफए वर्ष खेलाडीका लागि बेन्जिमा, डे ब्रुयन र कोर्टुवाको भीडन्त, मेसी र रोनाल्डो शीर्ष १५ मा पनि परेनन्
Next post लिगकाे पहिलाे खेलमै हार्‍यो सेभिया
Close