च्याम्पिन्स लिग फाइनल इस्तानबुलबाट पोर्टो सर्‍यो, १२ हजार दर्शकले प्रत्यक्ष हेर्ने

च्याम्पियन्स लिग फुटबलको फाइनल हुने स्थान परिवर्तन भएको छ। टर्कीको इस्तानबुलका तय भएको च्याम्पियन्स लिग फाइनल अब पोर्चुगलको पोर्टोमा हुने छ।

कोरोना भाइरसको महामारीका कारण भएके भ्रमणको समस्याका कारण युईएफले च्याम्पियन्स लिग फाइनल पोर्टोमा सारेको हो। युइएफएको यो निर्णयसँगै लगातार दोस्रो पटक च्याम्पियन्स लिग फाइनल इस्तानबुलबाट सरेको छ।

स्टाडियो डो ड्रागाओमा मे ३०मा हुने फाइनल हेर्नका लागि युईएफले दुवै टिमका समान ६ हजार दर्शकलाई अनुमति दिएको छ।

च्याम्पियन्स लिगको फाइलन यो पटक इंग्लिस डर्बी हुनेछ । जसमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् ।

Facebook Comments Box