च्याम्पियन्स लिग फाइनल २९ अगस्तमा गर्ने युइएफएको तयारी

युरोपियन फुटबल एसोसिएसन (युइएफए)ले कोरोना भाइरसका कारण प्रभावित भनेको युरोपको फुटबल सिजन अगस्तमा सक्ने तयारी गरेको छ । त्यसैका लागि च्याम्पियन्स लिग फाइनल अगस्त २९ गर्ने तयारी युइएफएले गरेको छ ।

च्याम्पियन्स लिग फाइनल युरोपको सिजनको खेल हो । यो खेलसँगै युरोपियन फुटबलको सिजन सकिन्छ । कोरोना भाइरसको महामारीका कारण अहिले युरोपका सम्पूर्ण फुटबल खेलहरु अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

अहिलेको फुबटबलको अवस्थका विषयमा युइएफएले २३ अप्रिलमा सदस्य राष्ट्रहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दै छ । युइएफएले स्वीकृति दिए रोकिएका लिगहरू चाँडै सक्ने निर्णय हुन सक्ने बताइएको छ ।

युइएफएको योजना अनुसार च्याम्पियन्स लिग फाइनल २९ अगस्तमा टर्कीको स्तानबुलमा हुने छ भने त्यसको तीन दिनअघि २७ अगस्तमा युरोपा लिग फाइनल पोल्यान्डको जिडान्समा हुने छ ।

च्याम्पियन्स लिग अगस्त २९ मा सक्ने युइएफएले दुई योजना बनएको छ । सामान्य रुपमै जुलाई र अगस्तमा च्याम्पियन्स लिगका क्वार्टरफाइनल र सेमिफाइनल गर्ने एउटा योजना युईएफको छ । यदि घरेलु लिग सक्ने ढिलाइ भए लिगहरु सकिएपछि च्याम्पियन्स लिग गर्ने, त्यसमा क्वार्टरफाइन र सेमिफाइलन एउटा लेग मात्र खेलाएर ‘मिनि टुर्नामेन्ट’का रुपमा एक सातामा प्रतियोगिता सक्ने युइएफएको अर्को योजना छ ।

युरोपा लिगबारे योजना बनाउन कठी भइरहेको युइएफले जनाएको छ । युरोपा लिगका अन्तिम १६ के पहिलो लेगकै खेलहरू नै नसकिएकाले योजना बनाउन कठीन भइरहेको उसले बतएको छ ।

च्याम्पियन्स लिगमा भने अन्तिम १६ खेल आधाभन्दा धेरै सकिसकेका छन् । जसमध्ये ४ टिम सेमिफाइलन पुगिसकेका छन्, ४ खेलको दोस्रो खेल मात्र बाँकी छ । क्वार्टरफाइलन पुगिसकेका टिममा एट्लान्टा, पिएसजी, आरबी लेइप्जिग र एट्लेटिको मड्रिड छन् । रियल मड्रिड र म्यान्चेस्टर सिटी, बार्सिलोना र नापोली, युभेन्ट्स र लियोन, तथा बायर्न म्युनिख र चेल्सीबीचको अन्तिम १६ को दास्रो लेग बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP