युईएफए च्याम्पियन्स लिगको समूह विभाजन गरिएको छ। बिहीबार राति भएको समूह विभाजन अनुसार फ्रेन्च क्लब पिएसजी सबैभन्दा कठीन समूहमा पर्दा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी, स्पेनिस जाइन्ट रियल मड्रिड र बार्सिलोना सहज समूहमा परेका छन्।
ड्रअनुसार लुइस एनरिकेको टिम पिएसजी जर्मन क्लब बोरुसिया डर्टमन्ड, इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब न्युकासल युइनाइटेडसँगै समूह एफमा परेकोछ। यी चारै एक अर्कालाई हराउन सक्षम छन्।
ड्रअनुसार समूह एमा जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड, डेनिस क्लब एफसी कोपनहेगन र टर्किस क्लब गालातासारे छन्।
यस्तै, समूह बीमा गतसिजनको युरोपा लिग विजेता स्पेनिस क्लब सेभिया, इंग्लिस क्लब आर्सनल, नेदरल्यान्ड्सको क्लब पिएसभी इन्डहोभन र फ्रेन्च क्लब लेन्स छन्।
यसैगरी समूह सीमा च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल मड्रिडसँगै इटालीको नापोली, पोर्चुगलको क्लब ब्रागा र जर्मनीको युनियन बर्लिन छन्। यस्तै, डीमा पोर्चुगिज क्लब बेन्फिका, गतसिजनको फाइनलिस्ट इटालीको इन्टर मिलान, अष्ट्रियाको साल्जबर्ग र स्पेनको रियल सोसिडाड छन्।
समूह इमा डच क्लब फेयनूड, स्पेनिस क्लब एट्लेटिको मड्रिड, इटालियन क्लब लाजियो र स्कटिस क्लब सेल्टिक छन् भने जीमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीसँगै जर्मनीको आरबी लेइपजिग, सर्बियाको कार्वेना जावेडा छन्।
यस्तै, समूह एचमा स्पेनिस जाइन्ट बार्सिालेनासँगै पोर्चुगलको एफसी पोर्टो, युक्रेनको सख्तर डोनेस्क र बेल्जियमको रोयल एन्टवर्प छन्।
च्याम्पियन्स लिगको समूहचरणका खेल सेप्टेम्बर १९बाट सुरु हुनेछ।